प्रहरी चौकीको भवन निर्माण



 

सैघाली खबर,
तुलसीपुर २९ पुस ।

तुलसीपुर १३ मा प्रहरी चौकीको भवन निर्माणको काम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रहरी चौकीको भवन निर्माण गरिएको हो । करिब चार लाखको लगानीमा उक्त प्रहर चौकीको भवन निर्माण गरिएको हो । अहिले उक्त प्रहरी चौकीमा २२ जना प्रहरीहरु कार्यरत छन् । प्रहरीको भवन नहुदा त्यहाँको प्रहरी चौकी भाडामा बस्दै आएको थियो ।

नयाँ निर्माण भएको भवनको तुलसीपुर उपमहानगरपालिकाले अनुगमण गरेको छ । तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली (माईकल), दीपक कुमाल, देवराज बिश्वर्म, तुलसीपुर १३ का वडा अध्यक्ष डम्मर न्यौपानेले अनुगमण गरेका हुन् । अनुगमणका क्रममा प्रभाबकारी रुपमा काम सम्पन्न भएको पाईएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्