वढ्दै भाइरल विरामी , सावधानी अपनाउन डाक्टरको सुझाव



गिरिराज नेपाली
दाङ २६ फागुन । केहीदिन यता फेरिदै गईरहेका मौसम वढाउदै लगेको भाइरलका विरामीले नीजि औषधी पसल देखी सरकारी अस्पताल सम्म भरिभराउ छन । मौसम परिवर्तनका कारण नीजि मेडिकल देखी सरकारी अस्पतालहरुमा भाइरलकाका कार वृद्धवृद्धा र वालवालिकाहरु चाप वढ्न थालेको छ । जसका कारण विरामीको दर ह्वात्तै वढेको छ । गर्मि संगै वढ्दै गईरहेको हावाहुरी , वढ्दो प्रदुषण र खानपानमा ध्यान सामान्य ज्वरो, रुघाखोकी, हातखुट्टा दुख्ने नाक, कान घाँटी र छाती विरामीको दर बढाउदै लगिरहेकाले स्वास्थ्य खानपान र सुग्घर सफाईमा ध्यान दिन डाक्टरहरुको सुझाव छ ।

मित्र मेडिकल हल घोराहीका दुर्गानाथ योगीले दैनिक २५ देखी ३५ जना भाइरल विरामीहरु उपचार गर्न÷गराउन आईरहेको उहाँले जानकारी दिनुभयो । फेरिदो मौसमका कारण वालवालिका र वृद्धवृद्धाहरुमा भाइरल संक्रमणको समस्या वढ्दै गईरहेको उहाँले बताउनुभयो । वृद्ध–वृद्धाहरुमा दम , श्वाप्रश्वास, खोकीको समस्या देखिने गरेको छ । भने वालवालिकाहरुकामा रुघाखोकी , ज्वरो , निमोनिया , झाडापखाल जस्ता समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उचित स्वास्थ्य सुरक्षा र खानपानमा ध्यान दिन सके भाइरल समस्या समाधान हुन सक्छ । ’ तर गर्मि संगै वढ्दै गईरहेको हावाहुरीमा कारण स्वास्थ्यमा ध्यान नदिदा दिनानुदिन विरामीको दर वढ्दै गईरहेको उहाँले बताउनुभयो ।

राप्ती उपक्षेत्रिय अस्पतालमा बितेको दुईदिनमा भाइरल विरामीको सख्या ह्वात्तै वढेको अस्पताल जनाएको छ । दुईदिनमा १ सय ६४ जना विरामी भित्रिएको अस्पतालले जनाएको छ । विहान– बेलुका जाडो र दिउँसो गर्मि र हावाहुरीका कारण भाइरलको समस्या ह्वात्तै वढेको राप्ती उपक्षेत्रिय अस्पतालका कन्सेल्टेन फिजिशियन डा. जितनारायण यादवले बताउनुभयो । जसमा सवैभन्दा वढि वालवालिका र वृद्धवृद्धा रहेका छन । डा. यादवका अनुुसार भाइरल समस्या मौसम फेरबदल संगै वढ्ने भएकाले स्वास्थ्य सुरक्षामा वढि ध्यान दिनुपर्ने बताउनुभयो ।

अस्पतालका अनुसार सोमवार चार सय २५ जना विरामीहरुले उपचार सेवा लिएका छन । जसमा ईमरजेन्सीमा एक सय १४, फिजिशियनमा एक सय ४ , छाला ६९, वाल रोग ६० , हार्डजोर्नी तथा नसा ५० र सर्जन ३३ उपचार सेवा लिएका छन । त्यस्तै मंगलवार ईमरजेन्सीमा ४७, , नाक कान घाँटी २६ ,प्रसुती ५४ , फिजिशियनमा ६० र वालरोग ६७ गरी तीन सय ३९ जनाले सेवा लिएका थिए । यसरी दिनानुदिन विरामी संख्या थपिदै जानुको मुख्य कारण नै पछिल्लो समय भाइरल संक्रमणको वृद्धि रहेको पाइएको छ । अस्पतालमा भाइरलका विरामी दिनैपिच्छे वढ्दै जान थालेपछि अस्पतालमा सेवामा समेत केही प्रभावित हुदै गईरहेको उहाँले बताउनुभयो । भाइरलका कारण जीर्णरोगीहरु जस्तै ः मुटुका विरामीहरु , कलेजोका विरामीहरु , श्वासप्रश्वासका विरामीहरु र फोक्सोका विरामीहरु अति जोखिम हुने हुनाले व्यक्ति स्वयम आफैले स्वास्थ्य हेरचाह र खानपानमा ध्यान पु¥याउन उत्तम उपाय रहेको उहाँले बताउनुभयो ।

भाइरल मौसमी फेरबदल संगै देखिने समस्या रहेकाले मौसम अनुकुलको खानपान , स्वास्थ्य सरसफाई र हेरचाहको उचित व्यावस्थापन गर्न सके वृद्धवृद्धा वालवालिका भाइरल संक्रमणको जोखिम वाट वच्न र अरु लाई बचाउन पनि सकिने डा. यादवले बताउनुभयो । ९० प्रतिशत भाइरलजन्य रोगहरु आफैले घरमै बसेर खानपान र हेरचाह ध्यान पु¥याए ३÷४ दिनमै समाधान हुन सक्छ । तर व्यक्ति स्वयमले स्वास्थ्यमा ध्यान नपु¥याए भाइरलले जोखिम निम्त्याृउन सक्ने उहाँको भनाई छ । मनतातो पानी पिउने , झोलिलो खानेकुरा खाने , न्यानो कपडा लगाउने , सार्वजानिक स्थलमा जाँदा आउदा माक्सको प्रयोग गर्ने र यदि ३÷४ दिन सम्ममा पनि स्वास्थ्यमा सुधार नआए सामान्य औषधीहरुको प्रयोग गर्ने जस्ता कुरामा सावधानी अपनाउन सके भाइरलको समस्या वाट बच्न सकने उहाँले जानकारी दिनुभयो । गर्मियाम संगै सरुवाजन्य रोग (भाइरल )ले आफुलाई पनि रोगी अरु लाई पनि रोगी बनाउन सक्ने भएकाले हरेक व्यक्तिले आफ्नो परिवार संगै आफुले पनि स्वास्थ्य सुरक्षामा ध्यान पु¥याउन निकै जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्