आजको राशिफल : बि.स.२०७४ फाल्गुन ३० गते । बुधबार । ईश्वी सन् २०१८ मार्च १४ तारिख । नेपाल सम्बत् ११३८ ।



बि.स.२०७४ फाल्गुन ३० गते । बुधबार । ईश्वी सन् २०१८ मार्च १४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि दुवादशी,२२ घडी ५० पला,दिउसो ३ बजेर २५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र श्रवण,२१ घडी ४२ पला,दिउसो २ बजेर ५८ मिनेट उप्रान्त धनिष्ष्ठा । योग शिव ३८ घडि ५४ पला,बेलुकी ९ बजेर ५१ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,दिउसो ३ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा छत्र योग ।चन्द्रराशि मकर । पापमोचनी एकादशी व्रत ।

काठमाडौंमा सूर्योदय ६ बजेर १७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा आनन्द महशुष हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउनेछ ।

माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ भने राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुदा पद प्राप्तीको योग रहेकोछ । शुभ अंक — १,७ शुभ दिशा — पुर्व शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला ।

लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ । शुभ अंक — २,५ शुभ दिशा — दक्षिण शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । शुभ अंक — ३,६ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मित्रताको बन्धन कसिलो हुँनुको साथै प्रेमले वैबाहिक मार्ग अबलम्बन गर्न सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ ।

नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ । शुभ अंक — १,४ शुभ दिशा — दक्षिण शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने आय आर्जनमा स्रोतहरु बढ्नेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुनेछ ।

मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता हात लाग्नेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानि गर्दा लगानि डुब्ने प्रबल सम्भावना रहकोछ ध्यान दिनुहोला । ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ ।

माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ । शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोलेछ । बिशिष्ट योजना कार्यान्वयनमा आफ्नै भन्नेहरुले असहयोग गर्नेछन् । आफन्त तथा आमासँग बिवाद हुने ग्रहयोग रहेकोछ ।

कृषि तथा पशुपालन व्यावसायमा भने सन्तोष जनक आम्दानि हुनेछ । चल अचल सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ भएपनि कारोबार गर्दा ख्याल गर्नुहोला । प्रेममा आजको दिन टाडा नै बस्नु उचित हुनेछ । शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ ।

बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ । शुभ अंक — ४,८ शुभ दिशा — उत्तर शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने हुँनाले सोच बिचार गरेर काम गर्नुहोला । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । शुभ अंक —३,९ शुभ दिशा — पश्चिम शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्निबिच सुमधुर सम्बन्ध स्थापीत हुने हुनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।  नया प्रकृतिको काम गरेर अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु सफल रुपमा सम्पन्न हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ ।

लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । शुभ अंक — २,५ शुभ दिशा — पुर्व शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — उत्तर शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम तपाईको दिन शुभ रहोस् । ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न. ९८५११७८४५९

नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्