लहानमा जनमत पार्टीको नेता कार्यकर्तामा भोट माग्नमा व्यस्त



सिराहा लहान – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रभाव लहानमा निकै देखिएका छन्। मधेस जनविद्रोह बाट उकासिएका जनमत पार्टीले मधेसमा वैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको डा. राउतले बताए। जनमत पार्टी बाहेक कुनै पार्टीले किसान मजदुरको मुद्दा उठान गर्न सकिँदैन उनले दाबी गरेका हुन्।राउतका अनुसार वैशाख ३० गते हुन लागेको निर्वाचनमा जनमत पार्टीले मधेस प्रदेशको सम्पूर्ण जिल्लाका स्थानीय तहहरूमा उम्मेदवारी दर्ता गराई सकेका छन्। जनता हाम्रो पार्टीले स्वीकार गरेका छन् ठाउँ ठाउँमा हाम्रो पार्टीलाई जनता विजय गराउने उनले गर्भ गरेका थिए। सिराहाको विभिन्न ठाउँमा जनमत पार्टीका लहान मेयरका उम्मेदवार बालेश्वर यादवले बताए।लहान नगरपालिका का २४ वडा मध्ये १५ वाटा वडामा उम्मेदवारी दिएका छन्। जनमत पार्टीले गठन पश्चात् निर्वाचनमा पहिलो चोटि भाग लिन ज्यादै छ। प्रतिफल जनताको हातमा रहेको उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्