आजको राशिफल : बि.स.२०७४ चैत्र ०३ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च १७ तारिख । नेपाल सम्बत् ११३८



बि.स.२०७४ चैत्र ०३ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च १७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि आंैषि,३० घडी ४७ पला,बेलुका ६ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वा भाद्रपदा,३३ घडी ४८ पला,बेलुकी ७ बजेर ४५ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग शुभ ३६ घडि २४ पला,बेलुकी ८ बजेर ४७ मिनेट उप्रान्त शुक्ल । करण चतुष्पद,बिहान ६ बजेर २० मिनेट उप्रान्त नाग,साझ ६ बजेर ३३ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा काल योग । चन्द्रराशि कुम्भ,दिउसो १ बजेर ३१ मिनेट उप्रान्त मिन । पञ्चक। दर्शश्राद्ध। घोडे जात्रा। हलो तथा निशि बार्ने औंसी।

काठमाडौंमा सूर्योदय ६ बजेर १४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १३ मिनेट । दिनमान २९ घडी ५७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ भने प्रेम प्रशङमा अबिश्वास सिर्जना हुन सक्छ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । साझपख लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा ईज्जत प्रतिष्ठा कमाउँने समय रहेको छ । आफन्त तथा साथिभाईहरुबाट तपाईले अपेक्षा गरेभन्दा बढी सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । मध्यान्हबाट नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलकाहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ ।

शुभ अंक — १,५ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

शुभ अंक — ३,५ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिम काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

शुभ अंक — २,७ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ ।

शुभ अंक — ३,४ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछ । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा, आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — उत्तर

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । समाजमा सर्बसाधारणको काम गर्दा गर्दै पनि बिपक्षीहरुले भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन लागि पर्नेछन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि प्रशस्त नाफा कमाउन सकिनेछ भने पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारेर आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । मांगलिक तथा शुभकार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — २,४ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अधुरो रहेका कामहरु पुरा हुँनुका साथै नयाँ कामको थालनि हुँनेछ । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुँने तथा तपाईको सरल जिवन शैलि आफन्त,साथिभाई तथा छिमेकिहरुका लागि प्रेणाको स्रोत बन्न सक्छ । वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक अवस्था कमजोर रहनाले ऋण लिएर ब्याबहार चलाउँनु पर्नेछ भने बिना काम झमेलामा फस्ने योग रहेकोछ । काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले निर्णायक पदमा बसेर आज गरिने तपाईका निर्णयहरु समाजका पक्षमा हुनेछन् । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिठा परिकारका साथ रम्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ ।

शुभ अंक — ४,६ शुभ दिशा — पहेलो

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।
नोट : रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

.

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्