Banner First

धरानका मेयरलाई कारबाही गर्न दलित आयोगले दियो गृह मन्त्रालयमा निवेदन

By Saru Sunar

December 16, 2022

धरान उपमहानगर पालिकाका नगर प्रमुख हर्क साम्पाङ राईले केही दिन अगाडि आफ्नो फेसबुकवालमा

” जोडी खोज्नेहरूको लागि बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि “! भनी लेखेका थिए। उनको यो भनाइ प्रति सिङ्गो दलित समुदाय आक्रोशित बनेको थियो , दलित समुदायका अधिकारकर्मीहरूले समेत उक्त लेखाइले दलित समुदायप्रतिको अपमान र आत्मसम्मानमा चोट पुराएको भन्दै सामाजिक सञ्जालमै उनलाई आत्मालोचना गर्न अनुरोध समेत गरेका थिए । राष्ट्रिय दलित आयोगले मङ्सिर २८ गते विज्ञप्ति जारी गरी दलित समुदायको कुनै जात प्रति ( चमार प्रति )अपमान हुने अभिव्यक्तिले ती समुदायलाई गम्भीर असर पर्ने भएकोले आत्म आलोचना गर्न समेत गरेको थियो । मेयर साम्पाङ भने आयोगको विज्ञप्ति प्रति पनि चासो नदेखाई दलित कोटा , दलित आयोग , दलित शब्द रहन नहुने भन्दै विभिन्न समुदाय लक्षित पोस्टहरू गर्दै आइरहेका छन् । दलित आयोगले पुन मङ्सिर २९ गते गृह मन्त्रालयमा मेयर साम्पाङलाई कानुनी कारबाहीको लागि निवेदन पठाएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए । आयोगले विज्ञप्ति जारी गरी आत्मालोचना गर्न अनुरोध गर्दा समेत वहाँले उल्टै नेपालको कानुन , संविधान भन्दा पनि माथि रहेको जस्तो गरी अभिव्यक्ति निरन्तर दिए पछि कारबाही को लागि सिफारिस गर्न बाध्य भएको बताए । आयोगको निवेदन