भन्सार कार्यालयमा जानकारी गराएर करिब ६ लाख रुपैयाँ नेपाली सम्म ल्याउन सक्ने



 

 

 

अजय मिश्र, कपिलवस्तु, बैशाख ८

 

 

भारतबाट नेपाल आउने पर्यटकहरूले अब पाँच हजार अमेरिकी डलरसम्म नेपाल ल्याउन पाउने भएका छन । आजदेखि लागू गरिएको यो नयाँ व्यवस्थाले भारतीय पर्यटकलाई ठूलो सहजता मिल्ने अपेक्षा गरिएको छ ।

 

कृष्णनगर भन्सार कार्यालयमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पाँच हजार डलरसम्म नेपाल ल्याउन पाउने कार्यको औपचारिक सुरुवात गर्नुभएको हो ।

मन्त्री कार्कीका अनुसार विदेशी मुद्रा व्यवस्थापन सहज बनाउन र सीमावर्ती व्यापारिक गतिविधि प्रवर्द्धन गर्न यो निर्णय गरिएको हो ।

 

भन्सार कार्यालयमा रकमको विवरण जानकारी गराएर पर्यटकहरूले अमेरिकी डलर ५००० अर्थात् करिब ६ लाख रुपैयाँ नेपाली सम्म ल्याउन सक्नेछन ।

 

यसले विशेष गरी साना व्यापारी, तीर्थयात्री र पर्यटकहरूलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माको विशेष पहलमा यो सुविधा सुरु गरिएको हो ।

 

अध्यक्ष शर्माले भारतबाट नेपाल आउने पर्यटकहरूले विगतमा सानो रकम मात्र ल्याउन पाउने व्यवस्थाका कारण समस्यामा परेको र अब भने सहज भएको बताउनु भयो ।

 

स्थानीय व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले नयाँ व्यवस्थाबाट सीमावर्ती क्षेत्रमा व्यापार र पर्यटन दुवैमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका छन ।

 

नेपालमा अब विदेशी पर्यटकहरूको आगमन बढ्ने र आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्