आजको राशिफल



वि.सं. २०७४ साल चैत २३ गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल ६ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– षष्ठी, २१:१५ बजेउप्रान्त सप्तमी
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मध्याह्नदेखि केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साथीभाइको सहयोगले अर्थलाभ भने भइरहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। दिउँसोदेखि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। यात्रा कष्टपूर्ण भए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। वादविवादले व्यावहारिक समस्या भने निम्त्याउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। केही समय प्रतीक्षा गर्नुपरे पनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आफ्ना मालमत्ता तथा सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ कामलाई मध्याह्नपछिको साइत उपयुक्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुने हुँदा गुरुजनको मार्गदर्शन उपयोगी हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। मध्याह्नदेखि आफन्तमा वैरभाव बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दिउँसोतिर रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। सरकारी कामकाजमा अलमल हुन सक्छ। दिउँसोतिर हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। पाहुनाहरूको सत्कार र खानपानमा समय बित्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनाग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मध्याह्नपछि आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। शुभचिन्तकहरू समेत टाढिएलान्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दिउँसोदेखि विशेष धनलाभ हुन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्