झापा कृष्ठरोगको उच्च जोखिममा



दमक, ३ असार
झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ ।
कुष्ठरोग निवारण सम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मुलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उनले जानकारी दिए । पोख्रेल भन्छन, “भारतसँग जोडिएका जिल्लाका शहर र बस्तीमा कुष्ठरोग चुनौतीका रुपमा देखिएको छ ।”
पोख्रेलका अनुसार जिल्लामा गएको ४ वर्षको अवधिमा ७५८ जना कुष्ठरोगी फेला परेको र तीमध्ये अहिले १५९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन ।

जिल्लामा २ वर्षमाथि देखि १०३ वर्षका मानिसलाई सर्ने खालको कुष्ठरोग भेटिएको पोख्रेल बताउँछन । जिल्लामा कुष्ठरोग निवारण गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहका कार्यालयले खोज पड्ताल अभियान शुरु गरिएको छ ।

यसैबीच, दमक नगरपालिकाकाले असार ६ देखि १० गतेसम्म नयाँ कुष्ठरोगीको खोज पड्ताल कार्यक्रम शुरु गर्ने भएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिए । अर्यालले खोज पड्तालमा महिला र पुरुष गरी १० वटै वडामा स्वास्थ्यकर्मीहरुको टोलीलाई तालीम प्रदान गरी वडावडाका घरघरमा खटाउन लागिएको बताए

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्