गोलाप्रथामा पनि कांग्रेसलाई घाटा



सैघाली खबर, ४ असार ।
संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ ।

सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट लगाइएको पदावधि टुंगोमा नेपाली कांग्रेसका १३ सांसद मध्ये ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ ।

त्यसैले आगामी चार वर्षपछि राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुन लागेको हो । कांग्रेसका १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ, २ जनालाई ४ वर्ष र ४ जनालाई ६ वर्षको चिठ्ठा परेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्