नेकपाले ७५३ स्थानीय तहमा पनि ‘संसदीय दल’ गठन गर्ने



सैघाली खबर, ५ असार ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीय संसद र प्रदेशसभामा जस्तै स्थानीय तहमा पनि संसदीय दल गठन गर्ने भएको छ । नेकपाको अन्तरिम विधानमा स्थानीय तह दल गठनको व्यवस्था गरिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीको तर्फबाट निर्वा्चित र मनोनित सम्पूर्ण पदाधिकारी र सदस्यहरु रहेको स्थानीय तह दल गठन गरिने विधानमा उल्लेख छ । देशका ७५३ स्थानीय तहमै संसदीय दल गठन हुनेछन् ।

स्थानीय तहको संसदीय दलले आफ्नो नियमावली आफैं बनाउने र जिल्ला कमिटीबाट अनुमोदन गराउनुपर्ने विधानले व्यवस्था गरेको छ । दलको नेतृत्व भने जिल्ला कमिटी र सम्बन्धित कमिटीले निर्णय गरेबमोजिम हुनेछ । स्थानीय तह दलका सदस्यहरूले पार्टी जिल्ला कमिटी र सम्बन्धित कमिटीले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ र आफू सम्वद्ध पार्टी कमिटीले तोकेको कार्यक्षेत्र एवम् आफू निर्वा्चित भएको निर्वाचन क्षेत्रमा कार्यरत रहनुपर्ने विधानले व्यवस्था गरेको छ ।

स्थानीय तह दलको नेता सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले तोक्ने विधान मस्यौदाकार नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । दलको नेता स्थानीय तहको प्रमुख वा अध्यक्ष हुनेछन् । प्रमुख वा अध्यक्ष नजितेको ठाउँमा उपप्रमुख वा उपाध्यक्षले दलको नेतृत्व गर्ने विधानले व्यवस्था गरेको छ । केन्द्रमा जस्तै स्थानीय तह दलमा पनि उपनेता, प्रमुख सचेतक र सचेतकको व्यवस्था गरिएको छ ।

प्रमुख र उपप्रमुख दुवै नजितेको ठाउँमा सम्बन्धित नगर वा गाउँपालिकामा निर्वा्चित वा मनोनितमध्येका वरिष्ठ सदस्यले स्थानीय तह संसदीय दलको नेतृत्व गर्ने वैधानिक व्यवस्था गरिएको छ । केन्द्रमा जस्तै स्थानीय तह दलमा पनि उपनेता, प्रमुख सचेतक र सचेतकको व्यवस्था गरिएको छ ।

यसरी गठन हुने भए स्थानीय कमिटी
प्रदेश कमिटीभन्दा तलका कमिटीहरुलाई नेकपाले स्थानीय कमिटी भनेको छ । नेकपाका जिल्ला कमिटी बढीमा २५० सदस्यीयसम्म हुने भएका छन् । विधानले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा १२५ सदस्यीय जिल्ला कमिटी हुने भनेको छ । त्योभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा थप एक निर्वाचन क्षेत्र बराबर सदस्य थप्न सकिने भनेर २५० को सीमा तोकेको छ । जिल्ला कमिटीमन्दा तल प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी हुनेछन् । त्यसपछि स्थानीय तहका कमिटीहरुलाई राखिएको छ ।

स्थानीय तहभन्दा तल वडा कमिटी, प्रारम्भिक कमिटी र पार्टी सेल कमिटीसमेत रहने व्यवस्था नेकपाको विधानमा गरिएको छ । महानगरका वडा कमिटी बढीमा ३५, उपमहानगरका वडा कमिटी बढीमा २७ तथा नगरका वडा कमिटी बढीमा २५ सदस्यीय हुने व्यवस्था गरिएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीबाहेक सबै स्थानीय कमिटीमा आफ्नो तहको अधिवेशनबाट निर्वा्चित अध्यक्ष, सचिव र सदस्यहरू रहने वैधानिक व्यवस्था गरिएको छ । नेकपाको महानगर कमिटी बढीमा ७५, उपमहानगर कमिटी बढीमा ६१ र नगर कमिटी बढीमा ५१ सदस्यीय हुनेछन् ।

गाउँपालिका कमिटी बढीमा ४१ सदस्यीय हुनेछन् । त्यस्तै महानगरका वडा कमिटी बढीमा ३५, उपमहानगरका वडा कमिटी बढीमा २७ तथा नगरका वडा कमिटी बढीमा २५ सदस्यीय हुने व्यवस्था गरिएको छ । त्यस्तै गाउँका टोलरप्रारम्भिक कमिटी बढीमा १५ र पार्टी सेल बढीमा ९ सदस्यीय हुने वैधानिक व्यवस्था गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीमा जिल्ला कमिटीले सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत जिल्ला कमिटीका सदस्यमध्येबाट तोक्ने संयोजक र सचिव पदाधिकारी हुनेछन् ।

सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गत कार्यक्षेत्र भएका जिल्ला कमिटी सदस्यहरू र स्थानीय तहका पदाधिकारीहरु पनि सो कमिटीको स्वतः सदस्य हुनेछन् । सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका महानगर र उपमहानगरका वडा कमिटीका अध्यक्षहरू, प्रतिनिधिसभा निर्वाचन क्षेत्रभन्दा माथिल्लो कमिटीमा नरहेका सम्बन्धित निर्वाचन क्षेत्रका संगठित सदस्यता प्राप्त सांसद, स्थानीय तहका प्रमुख वा अध्यक्ष पनि सो कमिटीको सदस्य हुनेछन् । थप दश प्रतिशत संख्या जिल्ला कमिटीले मनोनित गर्ने व्यवस्था गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्