आजको राशिफल



वि.सं. २०७५ साल असार १० गते। आइतबार। इश्वी सन् २०१८ जुन २४ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– एकादशी, ५:५६ बजेउप्रान्त द्वादशीमेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सफल यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहसिकताबाट धनार्जन होला । आँटेकोे र ताकेको कार्य पुरा होला । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल नपर्ला । आँटेको काम प्ूर्ण होला । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

बृष

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम सम्बन्ध कसिलो रहला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । महिला वा

मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र उमङ्ग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शत्रु क्षय होलान् । मनोरञ्जनमा सहभागीता भइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्