नेतृत्व होइन, नीतिमा बहस गरौं: उपसभापति निधि



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताएका छन् । निधि शुक्रबारदेखि दैनिक कार्यालय जान थालेका छन् ।

पार्टीका नेताहरु कार्यालय नै नजाने गरेको गुनासो आएपछि आफूले हरेक दिन विहान साढे ८ देखि साढे १२ बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको निधिले जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपसभापति निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्नेमा जोड दिए ।

कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको भन्दै उनले भनेका छन्, ‘नेतृत्व होइन, नीतिको बहस गरौं । संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद्ध हुन जरुरी छ ।’ पार्टी विधानले दिएको जिम्मेवारी अनुसार नीति निर्माण र प्रशिक्षणमा जुट्ने पनि उनले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्