प्रतिनिधिसभाबाट आज कुन कुन विधेयक पास भए ?



सैघाली खबर, १५ असार ।

प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको  छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनि राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि यस विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसैगरी शुक्रबारकै बैठकले आर्थिक विधेयक २०७५,राष्ट्रऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संसोधन) विधेयक २०७५ लाई स्वीकृत गरेको छ । अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७५ लाई विचार गरियोस् भनी गरेको प्रस्ताव वहुमतले स्वीकृत भएको हो । सो विधेयकको दफाबार छलफलका लागि असार १८ गतेको समय तोकिएको छ ।

त्यसैगरी अर्थमन्त्री खतिवडाले राखेको राष्ट्रऋण उठाउने विधेयक २०७५  र  ऋण तथा जमानत (२२ औ संसोधन) विधेयक २०७५ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । तीन वटै विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसद प्रेम सुवालले के का लागि ऋण भन्ने स्पष्ट हुनुपर्ने माग गरे । खानेपानी, भुकम्पछिको पुर्ननिर्माण र स्वास्थ्य बाहेकका क्षेत्रका लागि ऋण लिन नपाईने भन्दै उनले ऋण लिनुपर्ने कारण स्पष्ट आउनुपर्ने तर्क गरे ।

उनले भने “नेपाली जनताको प्रत्येकको टाउकोमा २५ हजार ऋण छ । के खाएको छ नेपाली जनताले ? कुन कुन सरकारले ऋण ल्याएर नेपाली जनतालाई ऋण बोकाएको हो ?ती मन्त्रीहरु कुन कुन हुन् ? र सबैको घर खेत कति जोड्यो त्यो सबै हिसाब किताब हुनुपर्छ ? ऋण भुकम्पपछिको पुर्ननिर्माणमा प्रयोग गर्ने भनेर आउनुपर्छ, स्वास्थ्यको लागि प्रयोग गर्ने, खानेपानीको लागि भनेर अनि हामीले स्वीकृति दिन मिल्छ । त्यत्तितै ऋण लिने भनेर हुन्छ ?  सरकारले आर्थिक बर्ष २०७५-७६ का लागि विनियोजित बजेटमा १ सय ७२ अर्ब ऋण उठाउने प्रस्ताव गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्