कैलालीमा बाढीका कारण २०० परिवार घरविहिन



असार १९ । कैलालीको कान्द्रा नदीमा आएको बाढीका कारण २०० परिवार डुवानमा परेका छन् ।
भजनी नगरपालिकाकी उपमेयर छायाँ देवकोटाकाले वडा नं। ५ स्थित लोबस्थाका २०० परिवार डुवानमा परेको बताएकी छिन् ।
डुवानमा परेका परिवारलाई सोमबारदेखि नै स्कुल र सुरक्षित अग्लो स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाका अनुसार बाढी अझै बढ्ने सम्भावनाका कारण स्थानियहरुलाई अग्लो स्थानमा जान भनिएको छ ।
स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढीप्रभावित क्षेत्रमा पुगेको रेडक्रस कैलालीका सभापति उत्तम जोशीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्