गोरु काट्दै गरेका चार पक्राउ



बाँके २१ असार
मो। इलियास जोलाहाको घरबा नेपालगञ्ज – बाँके प्रहरीले गोरु काट्दै गरेका चारजनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज–१६, जयसपुरमा घरभित्र गोरु काट्दै गरेको अवस्थामा चारजना पक्राउ परेका हुन् । सीमा प्रहरी कार्यालय, जयसपुरका इन्चार्ज अभय रावतको नेतृत्वमा गएको टोलीले राति साढे एक बजे मो। इलियास जोलाहाको घरमा गोरु काट्दै गरेको फेला पारेको थियो ।

प्रहरीले ‘सेन्ट्री’ बसेकी जोलाहाकी श्रीमती गुड्डी, मासु काट्दै गरेका छोरा सद्दाम र भतिजा अकबर अलि र इलियासलाई नियन्त्रणमा लिएको हो । घटनास्थलबाट ठूलो मात्रामा मासु बरामद भएको छ । गोरुको छाला फालिसकिएको थियो । एक परिवारले एउटा सिंगै गोरु काटेर खान सक्छ रु या व्यापारका लागि काटिएको हो रु प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

बाँके प्रहरीका सहप्रवक्ता रणबहादुर विष्टले गोरुको मासुसहित पक्राउ परेका चार जनालाई गौवध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको बताए ।देशसंञ्चार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्