माइतीघरमा प्रदर्शन गर्ने पक्राउ को हुन् त प्रदर्शनकारी



काठमाडौँ, २१ असार । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केसी र अधिकारीको माग पूरा गर्नपर्ने तथा निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चरण प्रसाईँ, डा। सुरेन्द्र भण्डारी, डा। उद्धव प्याकुरेल, महामुनिश्वर आचार्य, सागर अधिकारी, मनोज अधिकारी, मोहन ज्ञवाली, लोकेन्द्र पोखरेल, लोकराज अवस्थी, विश्व दुवाल, जयराम दाहाल, इन्द्रप्रसाद अर्याल रहेका छन् । बिहान पक्राउ परेका उनीहरुलाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ ।

सरकारले माइतीघर मण्डला लगायत अन्य केही स्थानलाई विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र तोकेपछि फिर्ताको मागसहित उनीहरु माइतीघर पुगेका थिए । नेपाली कांग्रेसले पनि निषेधाज्ञा तोड्ने निर्णय गरिसकेको छ । बुधबार नेविसंघले पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो ।

प्रदर्शनकारीले अनसनरत केसी र गंगामायाको जीवन रक्षा गर्न र सरकारले प्रदर्शन गर्न नपाउने भनी माइतीघरलाई निषेधित क्षेत्र तोकेको निर्णय खारेज गर्नुपर्ने नारा लगाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्