बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु



असार २१ । मोरङको बेलबारी ३ बैजु होटल अगाडी बसको ठक्करबाट बिहिबार बिहान मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । बिहान १०।४५ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ ख ६४३५ नम्बरको साकुरा यातायातको बसको ठक्करबाट पुर्बबाट पश्चिमतर्फ आँउदै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडी सवार भोजपुरको पौवादुम्मा ५ घर भई हाल उर्लाबारी ३ मा बसोबास गर्दै आएका ३३ बर्षीय जयनारायण तामाङको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका ईन्चार्ज असई लिला श्रेष्ठले जानकारी दिएका छन ।श्रेष्ठका अनुसार मोटरसाईकल चालक सुनसरीको ईटहरी १ का ३८ बर्षीय खगेन्द्र तामाङको उपचारका लागी धरानस्थित बिपि प्रतिष्ठानमा पुर्याएपछि मृत्यु भएको छ । दुर्घटनापछि भागेको बस र चालक ईटहरीका ४० बर्षीय राजकुमार आचार्यलाई प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्