दाङका अधिकारी तङ्ग–इल मो–दो संघको सदस्यमा चयन



घोराही,२० असार । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघको काठामन्डौमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट संघका दाङ जिल्ला अध्यक्ष हेमराज अधिकारी केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

शनिवार काठमान्डौमा भएको अधिसेवनबाट सदस्यमा चयनहुनुभएको हो । अधिसेवनबाट निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले सपथ ग्रहण गराउनुभएको थियो । महाधिवेशनमा देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।तङ्ग–इल मो–दो संघका जिल्ला अध्क्षय समेत हुनुहुन्छ।
तङ्ग–इल मो–दो संघ नेपालका नवनिवाचीत अध्यक्ष सन्तोषकुमार पौडेलले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्