नवाज शरीफ निर्वाचन र जेलको ढोकासम्म



 

बीबीसी / नवाज शरीफ भ्रष्टाचार अभियोगमा शुक्रबार साँझ पक्राउ परेका छन् । उनको  उदय र पतका विषमया बीसीसी उलूका लागि अविद हुसैनले यसरी लेखेका छन् ।

नवाज सन् १९४९ डिसेम्बर २५ मा एक सम्पन्न परिवारमा जन्मिएका थिए । उनको पिता एक सफल व्यवसायी थिए ।

सन् ७० को दशकमा शरीफ राजनैतिक मैदानमा आए । शरीफलाई जनरल जियाको कालको मन्त्रीमण्डलमा वित्तमंत्री को रूपमा समाबेश गरियो ।

सन् १९५ मा उनी पञ्जाब को मुख्यमंत्री भए र सन् १९८ को निर्वाचनमा इस्लामी जाम्हूरी इत्तेहाद (आईजेआई) नामक पार्टीबाट चुनाब लडे । उनले इस्लामाबादमा धेरै प्रभाव बनाउन त सकेनन् तर पञ्जाबको किल्ला मजबुत बनाउदै पुन मुख्यमन्त्री पद जिते ।

तर पाकिस्तान पीपुल्स पार्टी(पीपीपी)को सरकार ढलेकै समय सन् १९९० को चुनाबमा आईजेआईको नेतृत्व उनको हातमा आयो । यसपछि भएको चुनाब उनको पार्टीले चुनाव जित्यो र नवाज पहिलो पटक देशको प्रधानमन्त्री बने ।

तर तीन वर्ष भित्र तत्कालिन राष्ट्रपति गुलाम इस्हाक खानसँग मतभेद भएपछि उनको सरकार विघटन गरियो ।

नवाज शरीफ चुपो लागेर बसेनन् । उनी सर्बोच्च अदालत पुगे र अदालतले उनको सरकार पुनस्थापित गरिदियो । तर सरकार बहाली लामो समयसम्म टिक्न सकेन । राष्ट्रपतिसंग उनको मतभेद कायम रहि रह्यो र अन्ततः उनलाई सत्ता छोड्नु प-यो ।

दोस्रो पटक प्रधानमन्त्री र सेनाद्वारा सत्ताच्युत

सन् १९९३ को चुनावमा पीपीपीकी नेता बेनजीर भुट्टो प्रधानमन्त्री बनिन् । उनको सरकार पनि भ्रष्टाचारको आरोपमा राष्ट्रपति फुकुज लेघारीद्वारा बर्खास्त भयो ।

सन् १९९७ मा भएको आम चुनावमा नवाज शरीफले ठूलो बहुमत हासिल गरे र दोस्रोपटक प्रधानमन्त्री बने ।

सन् १९९८मा भारतले परमाणु परीक्षण ग¥यो जसलाई नवाज शरीफले बलुचिस्तानको चगाईमा पाँच परमाणु बम विस्फोट गराएर जबाफ दिए । तर उनले  सम्झौताको मार्ग पनि त्यागेनन् । सन् १९९९ मा लाहौरमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग उनले भेटवार्ता गरेर दुई देशबीच सम्बन्ध सुधार गर्ने प्रयास गरे ।

तर यस पटक पनि नवाज शरीफले पूरा कार्यकाल शासन गर्न पाएनन् । यो पटक पाकिस्तानको सेना प्रमुख जनरल परवेज मुशर्रफले उनलाई सत्ताबाट हटाएर आफैले शासन हत्याए ।

मुशर्रफले सरकार सम्हालेपछि नवाज शरीफमाथि कयैन मुद्धा लाग्यो । उनले जेल जानुभ¥यो । यस समय उनको पत्नी कुलसुम नवाज र छोरी मरियम नवाज सैन्य शासनको विरुद्ध आन्दोलन गरिरहे ।

परवेज मुशर्रफसँग सम्झौता भएपछि उनको सजायँ त माफ गरियो तर उनलाई पाकिस्तान छोड्न र सऊदी अरबमा शरण लिनु प-यो ।
सन् २००२ मा भएको आम निर्वाचनमा उनको पार्टीले उनीबिना खासै राम्रो प्रदर्शन गर्न सकेन ।

पाकिस्तान पुनः फर्किदा

सन् २००६मा लण्डनमा नवाज शरीफको भेट उनको राजनीतिक प्रतिद्वंद्वी बेनजीर भुट्टोसँग भयो । भेटमा उनले दुईले परवेज मुफर्रफ बिरुद्ध मिलेर लड्ने र प्रजातन्त्र पुनस्थापना गर्ने सम्झौता गरे ।

(पछि सन् २००७ डिसेम्बरमा नवाज शरीफको हत्या गरिदा अस्पताल पुग्ने सबैभन्दा पहिलो नेता नवाज शरीफ थिए ।)

सर्बोच्च अदालतको अनुमति दिएपछि नवाज शरीफले सन् २००७ मा पाकिस्तान फर्कने प्रयास गरे । तर परवेज मुशर्रफको सरकारले उनलाई एयरपोर्टबाटै साऊदी अरब फर्काइदियो । तर दुई महिना पछि, उनी पाकिस्तान फर्किन सफल भए । पाकिस्तान ओर्लेदाँ लाहौर विमानस्थलमा उनको भव्य स्वागत भयो ।

पाकिस्तान फर्केपछि उनले अन्य राजनीतिक दलहरुसंग परामर्श शुरु गरे । उनले सन् २००८ मा हुन लागेको आमचुनाव बहिष्कार गर्ने वातावरण बनाउन कोसिस गरेका थिए । तर यसमा उनी सफल हुन सकेनन् ।

तेस्रो पटक सत्तामा

सन् २०१४ फेब्रअरीमा भएको निर्वाचनमा नवाज शरीफको पार्टी मुस्लिम लीग दोस्रो नम्बरमा आयो । उनले पीपीपीसँग मिलेर गठबन्धन सरकार बनाउने निर्णय गरे । तर यो गठबन्धन लामो समय टिक्न सकेन र नवाज शरीफको पार्टी सरकारबाट अलग भयो ।

उनको पार्टी गठबन्धनबाट निस्किएको दुई वर्ष पछि सन् २०१३ मेमा पुन चुनाब भयो । यो पटक उनको पार्टी विजयी भयो । नवाज शरीफ तेस्रो पटक प्रधानमंत्री बने । यो पटक उनको प्रतिस्पर्धा क्रिकेटबाट राजनीतिमा प्रबेश गरेका इमरान खानसँग थियो ।

इमरान खानले शरीफलाई चुनावको दौरान धांधली गरेको आरोप लगाए । विरोध स्वरुप सन् २०१४ मा इमरानले राजधानी इस्लामाबादमा महिनौसम्म प्रदर्शन पनि गरे ।

यसबीच शरीफ भारतको प्रधानमंत्री नरेंद्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन भारत आए र सन् २०१५ मा नरेंद्र मोदीलाई लाहौरमा स्वागत गरे । यस अतिरिक्त उनले चीनसँग सम्झौता गराएर ‘चीन–पाकिस्तान आर्थिक कोरिडोर परियोजना (सीपीईसी)’ शुरु गराए ।

पतनको शुरुवात

तर सन् २०१६ बाट उनको राजनैतिक पतन शुरु भयो । त्यो वर्ष ‘पनामा पेपर्स’ नामको दस्ताबेज सार्वजनिक भयो । त्यसमा उनको नाम पनि सार्बजनिक भयो ।
यो अवस्थाको फाइदा उठाउदैं इमरान खानले पुनः सरकार विरोधी प्रदर्शन शुरु गरे । प्रदर्शनका क्रममा उनको राजीनामा मागियो । अन्तत सर्बोच्च अदालत सन् २०१६ नोभेम्बरमा नवाज शरिफमाथि लागेको आरोपको जाचँको आदेश दियो ।

अयोग्य घोषणा

यस दौरान सेनासँग पनि उनको मतभेद बाहिर आयो । सन् २०१७ अप्रिलमा गठन भएको जाँच कमिटीले नवाज शरीफको पक्षमा फैसला गरिदियो । तर कमिटीले उनको सम्पत्तीको थप जाँच गर्ने आदेश दियो ।

उनीमाथि लागेका अन्य मुद्धाहरुको पनि सुनुवाही शुरु भयो । सन् २०१७ मा उनलाई दोषी पाइयो । उनमाथि युनाइटेड अरब इमिरेटमा आफुले काम गरेको कुरा चुनावको क्रममा लुकाएको आरोप लागेको थियो ।

यसमा दोषी पाइएपछि उनलाई अदालतले सांसद रुपमा अयोग्य घोषणा गरिदियो र अन्तत उनले प्रधानमन्त्रीको पदबाट हट्नुप¥यो । यही निर्णयमा उनीमाथि भ्रष्टाचारसँग जोडिएको तीनवटा मुद्धामा जाँच हुनेछ भनिएको थियो ।

सन् २०१७ सेप्टेम्बरमा पाकिस्तानको भ्रष्टाचार नियन्त्रण विशेष अदालतले कारबाही शुरु ग¥यो । दश महिनासम्म काम अघि बढीरह्यो । यो दौरान उनको पत्नी कुलसुम नवाफलाई क्यान्सर लागेपछि उपचारको लागि उनलाई लण्डन जानुप-यो ।

फर्केर नवाजले देशभरी -याली गरेर आफ्नो पक्षमा समर्थन जुटाउने कोशिश गरे । उनले अदालती कारबाहीलाई षडयन्त्र भने । तर अन्तत यही जुलाईमा नवाज शरीफविरुद्ध अदालतको फैसला आयो ।

उनलाई दश वर्षको जेल सजायँ र अस्सी लाख पाउण्ड जरिवाना लगाइयो । सजायँ सुनाइदाँ शरीफ लण्डनमा रहेको आफ्नो अपार्टमेन्टमा थिए । यो त्यही अपार्टमेन्ट हो जसको आयस्रोतमा उनले सार्बजनिक गरेकोभन्दा बढी रहेको भनेर पनि मुद्धा चलिरहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्