उज्जवल श्रेष्ठ सहित कोेरियामा नेपाली खेलाडीले जिते पाँच स्वर्ण पदक (फोटो फिचर)



सैघाली खबर, २ साउन ।

दक्षिण कोरियामा भएको १२ औँ अन्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले ५ स्वर्ण पदक हात परेका छन् । पुरुष तर्फ मोहमद उमर खान, शहबिर जंग रावल र उज्वल श्रेष्ठले स्वर्ण पदक जितेका हुन् भने महिला तर्फ धनमाया सिंजाली र रेख माया गुरुङले स्वर्ण पदक हात पारेका हुन् ।

मोहमदले ४८ केजी समूहको फाइटिंगमा स्वर्ण पदक र पुम्से तर्फ रजत हात पारेका हुन् । त्यस्तै शहविरले ४० केजी समूहको फाइटिंगमा स्वर्ण पदक र पुम्सेतर्फ रजत पदक हात पार्न सफल भए भने ६८ केजीको समूहमा उज्वलले फाइटिंगमा स्वर्ण पदक र पुम्सेतर्फ कास्य पदक हात पारे ।

त्यस्तै महिला तर्फ ६३ केजीको समूहमा धनमायाले फाइटिंगमा स्वर्ण पदक र पुम्सेतर्फ रजत पदक हात परिन् भने रेखमायाले ६७ केजीमा फाइटिंगमा स्वर्ण पदक र पुम्सेतर्फ रजत पदक प्राप्त गरिन् ।

तेक्वान्दो

यसैगरी अन्य खेलाडी ६३ केजीको समूहमा दिपेन्द्र बहादुर नेपालीले फाइटिंगमा रजत पदक र पुम्सेतर्फ कास्य पदक, ४५ केजीको समूहमा सागर बरालले फाइटिंगमा रजत पदक र पुम्सेतर्फ कास्य पदक, ४८ केजीको समूहमा रोनिश पौडेलले फाइटिंगमा रजत पदक र पुम्सेतर्फ कास्य पदक, ५४ केजीको समूहमा अब्बास खानले फाइटिंगमा कास्य पदक र पुम्सेतर्फ पनि कास्य पदक र ४० केजीको समूहमा जिन्सन नेपालले फाइटिंगमा कास्य पदक र पुम्सेतर्फ पनि कास्य पदक हात पारेका छन् ।

तेक्वान्दो

महिला तर्फ ५३ केजीको समूहमा भने मेलिना गुरुङले फाइटिंगमा कास्य पदक ल्याउन सफल भएको मास्टर रोशन खानले जानकारी दिए । तेक्वान्दो टिमको कोचको भूमिका भने मिरा थापाले गरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्