भारतबाट आयात हुने खाद्य तथा कृषिजन्य बस्तुलाई चेकजाँच किन गरिदैन ?



सैघाली खबर, १० साउन ।

भारतबाट आयात हुने खाद्य तथा कृषिजन्य बस्तुहरुको क्वारेन्टाइन चेकजाँच नै नगरी भन्सार छुट पुर्जी लिने गरेको पाइएको छ । रोग–किरा नभएको प्रमाणसहित छुट पुर्जी लिएर भन्सार शुल्क तिर्नुपर्नेमा भन्सार कटेपछि मात्र क्वारेन्टाइन जाँचको पास लिने गरेको पाइएको हो ।कञ्चनपुरको गड्डाचौकी नाकामा भन्सार कटेपछि क्वारेन्टाइन पास लिने गरेको खुलासा भएको छ ।

भारतबाट आयात हुने खाद्य, कृषि तथा वनजन्य वस्तुहरु नेपाल भित्रिनुअघि खाद्य तथा प्लान्ट क्वारेन्टाइन कार्यालयमा चेकजाँच गर्नुपर्ने प्रावधान छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीबाट दैनिक २६ मेट्रिक टन तरकारी, फलफूल तथा अन्य कृषिजन्य सामाग्री आयात हुने गर्दछ । कार्यालयमा कृषि र वन्यजन्य वस्तुहरु चेकजाँच गर्ने दक्ष प्राविधिक छैनन् ।

जसले गर्दा चेकजाँच गर्न राखिएका उपकरणहरु त्यसै थन्किएका छन् भने कर्मचारीले आँखाले हेरेको भरमा कृषि तथा वनजन्य बस्तुहरुको जाँच गरि छुट पुर्जी दिने गरेका छन् । दक्ष प्राविधिकको अभावमा आँखाले हेरेको भरमा छुट पुर्जी दिनुपरेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका क्वारेन्टाइन अधिकृत गजाधर जोशीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्