निर्देशक बनेका किशोरको रेट ३ लाख



अभिनेत्री रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘कसले चोर्‍यो मेरो मन’ बाट अभिनेता किशोर खतिवडाले अभिनयमा डेब्यु गरेका थिए । यो फिल्मपछि उनको व्यस्तता ह्वात्तै बढ्यो ।
किशोरले रेखाको जोडी बनेर ‘लंका’, ‘रावण’ लगायत केहि फिल्ममा काम गरे, जुन उनको करिअरका लागि सञ्जिवनी बुटी बन्यो । ३ दर्जन बढी फिल्ममा अभिनय गरिसकेका उनको पछिल्लो समय भने करिअर ‘डामाडोल’ बनेको छ ।
रेखा थापा र छविराज ओझाका फिल्मबाहेक उनले अभिनय गरेका कुनै पनि फिल्म बक्सअफिसमा सफल छैनन् । उनलाई अचेल रेखाले भित्राएको ‘फ्लप हिरो’ समेत भन्न थालिएको छ ।
वर्षौदेखि पैसामुखी भएको आरोप खेपिरहेका उनी प्रायः पर्दामा आइरहेका हुन्छन् । तर, त्यसको उपलब्धि केहि देखिएको छैन । उनी अभिनीत पछिल्लो फिल्म ‘किस्मत २’ बक्सअफिसमा हिट भएको थियो ।
केहि महिनायता पर्दामा नदेखिएका उनको नयाँ फिल्म ‘कहिँ कतै’ यही साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी उमा ‘बेबी’ गिरीसँग बाँधिएको छ । यस्तै, असोज १९ गते फिल्म ‘निर्जला’ रिलिजको पखाईमा छ ।
मंगलवार यस फिल्मको गीत राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । आफू अभिनीत फिल्मका कार्यक्रममा निकै कम देखिने उनी सो कार्यक्रममा भने ‘निर्जला’ कै टिसर्टमा ठाँटिएर पुगेका थिए । करिअरको नाजुक मोडमा रहेका उनी पत्रकारको प्रश्नको सामना गर्न पनि तयार भए ।
‘निर्जला’ तपाईको कमब्याक फिल्म हो ? पत्रकारले उनलाई प्रश्न गरे । जवाफमा उनले भने, ‘मेरा अझै १० देखि १२ वटा फिल्म रिलिजको तयारीमा छन् । ‘निर्जला’ कमब्याक फिल्म होइन ।’ उनले आफू कलाकार नभएर निर्देशक बन्न फिल्ममा आएको रहस्य समेत खोले ।
अभिनेता खतिवडा भन्छन्, ‘म फिल्ममा एउटा कलाकार भन्दा पनि राम्रो निर्देशक बन्छु भनेर आएको थिएँ । ५५/५६ सालमा प्रकाश सायमी निर्देशित फिल्म ‘रानीखोला’ मा सहायक निर्देशक भएर काम गरेको थिएँ । त्यसपछि फिल्म ‘हतियार’ मा ‘चिफ असिस्टेन्ट’ गरेँ । पछि म निर्देशक बन्न सकिनँ र कलाकार बन्न पुगे ।’
उनले कलाकार बनेपनि निर्देशक बन्ने इच्छा भने जीवितै रहेको बताए । उनी थप्छन्, ‘अहिले म ‘सुत्केरी’ नामक फिल्म निर्देशन गरिरहेको छु, जसको ८० प्रतिशत छायांकन सकिसकेको छ । अब निर्देशनलाई पनि अगाडि बढाउने सोच छ ।’
हातमा फिल्म परिरहेपनि अझै सफल अभिनेताको रुपमा आफूलाई चिनाउन संघर्षरत उनको निर्देशकिय यात्रा कति मिठासपूर्ण रहला ? त्यो हेर्न बाँकी छ । कार्यक्रममा उनले फिल्म क्षेत्रमा लाग्ने कलाकार, निर्माता र निर्देशकको भविष्य नभएको पनि बताए ।
‘पहिला निखिल दाईले एउटा फिल्म खेल्दा ३ लाख लिनुहुन्थ्यो । त्यसबेला एक आनाको जग्गाको मुल्य २५ हजार पर्थ्यो । अहिले म ३ लाख लिन्छु र एक आना जग्गाको मुल्य २५ लाख पर्छ । अब भन्नुस् फिल्ममा काम गर्ने व्यक्तिको भविष्य छ कि छैन ?’ उनले पत्रकारलाई प्रश्न छाडे ।
किशोर अब संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक वृद्धिमा लाग्ने सोचमा छन् । तर, स्टारडम गुमाइसकेका उनलाई लिएर अहिलेको अवस्थामा फिल्म बनाउनु निर्माताका लागि फलामको चिउरा चपाउनु सरह हो । शन्युको गतिमा रहेको उनको करिअरका लागि यतिबेला एउटा हिट फिल्मको

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्