दलित पुजारी रहेको मन्दिर थारुले गरे उद्घाटन



दाङ ३१ साउन । दाङका एक दलित महिला पुजारी रहेको मन्दिर थारुले उद्घाटन गरेका छन् । घोराही उप–महानगरपालिका वडा नम्वर १८ मसिनामा प्रतिस्थापन गरिएको मन्दिर घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरेका हुन । ४ लाख ७ हजारको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो ।  मन्दिरको उत्घाटन गर्दै चौधरीले जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउनको लागि धार्मिक क्षेत्रको विकास अनिवार्य भएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले पछिल्लो समय समुदायको सामाजिक संरचनाको विकासको लागि जनताहरु सक्रिय भएर लागेको भन्दै खुशि व्यक्त गरे ।

प्रहरी कार्यालयका प्रहरी प्रमुख रन्जन अवा, वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डे, १९का वडा अध्यक्ष हर्क घर्ति, वडा नम्वर १८का वडा अध्यक्ष कृष्ण घर्ति, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितल, चर्चित हास्य कलाकार कमल गाउले, चन्दादाता सुवास गौतम, भरतमणि शर्मा लगायतले मन्दिरको उन्नितीको लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण सचिव केशव केसीले गरेका थिए । दुइ लाखको लागतमा मन्दिर जाने बाटोमा ३ कोठे शौचालय समेत निर्माण गरिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्