चलचित्र पत्रकार संघको स्थापना– छाँयाङ्कन गर्ने थालो दाङ उपयुक्त मेयर पाण्डे



शरद रेग्मी
दाङ ४ भाद्र चलचित्र पत्रकार संघ दाङको बार्षिक उत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।तुलसीपुर स्थित बिष्णु चलचित्र मन्दिरमा भएको कार्यक्रममा नायक पल शाह, वरिष्ठ रंगपत्रकार शान्ति प्रिय,चर्चित गायक कृष्ण काफ्ले, गायिका साहिमा श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ , गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी लगायतका कालाकारहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

 

त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई चलचित्र नगरका रुपमा बिकास गरिने बताउनु भयो । दाङ विश्वको सबै भन्दा ठुुलो उपत्यका भएकाले यहाँ चलचित्र क्षेत्रका लागि पनि उपर्युक्त स्थान भएको वताउँनुभयो । जिल्लाको चलचित्रको बिकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै जिल्लामा छायाङ्कनका लागि उपयुत थलो भएको वताउनुभयो ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले दाङलाई चलचित्रको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनु भयो त्यसअवसरमा देवलोचन पत्रकारिता पुरस्कारबाट शिब पुनलाई ११ हजार एक सय ११ रुपैयाँ राशिको पुरस्कार समेत प्रदान गरिएको थियो ।

 

त्यस्तै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट शान्ति पृय, चलचित्र पत्रकार संघ ,कलाकारिता सम्मानबाट नायक पल शाह र चलचित्र पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै सल्लाहकार शरद रेग्मीलाई युवा पत्रकारिता सम्मान बाट सम्मान गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्