घोराही – १४ को शहरी स्वास्थ्य केन्द्र उद्घाटन



दाङ ५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १४ तिनकुने चोकमा रहेको शहरी स्वास्थ्य केन्द्रको मंगलवार उद्घाटन गरिएको छ । घोराही उप–महानगरपालिको करिब ७ लाखको लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रको मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।


केन्द्रको घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरी,उप–मेयर सिता न्यौपाने र वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले उद्घाटन गर्नु भएको थियो । स्वास्थ्य केन्द्रको उद्घाटन संगै स्थानीय सर्वसाधारणलाई सेवा प्रदान गर्न सुरु गरिएको छ । त्यस अबसरमा बोल्ने स्थानीय सर्वसाधारणले नागरिकले अब सहज रुपमा स्वास्थ्य सेवा पाउँने वताएका थिए । त्यस अबसरमा बोल्दै घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले राज्यलाई नागरिक नजिक पु¥र्याउन उदेश्यका साथ स्वास्थ्य केन्द्र संचालनमा ल्याएको वताउँनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर चौधरीले स्वास्थ्य, शिक्षामा नागरिकलाई सहज पहुँच पु¥र्याउनका महत्व पूर्ण भुमिका निर्माण गर्ने उल्लेख गर्नुभयो । घोराही उप–महानरपालिकाको वडा नं. ६,१० १४ र १७ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सेवा संचालन गरेको उल्लेख गर्नुभयो । प्रमुख अतिथी चौधरीले स्वास्थ्य केन्द्रबाट सर्वसाधारण नागरिकलाई निशुल्क सेवा प्रदान गर्ने वताउँनुभयो ।

त्यस अवसरमा बोल्दै घोराही उप–महानगरपालिकाका अध्यक्ष शक्तिराम डाँगीले स्वास्थ्य केन्द्रलाई परामर्श केन्द्रका विकास गर्दै लैजाने वताउँनुभयो । अध्यक्ष डाँगीले स्वास्थ्य केन्द्रलाई व्यवस्थित रुपमा संचालन गर्नै वताउँनुभयो । स्वास्थ्य केन्द्रमा साधारण स्वास्थ्य सेवा, गर्भवती जाँच, परिवार नियोजना सम्बन्धी सेवा प्रदान गरिने वताउँनुभयो ।


वडा सदस्य लक्षुमण बुढाको स्वागत मन्तव्यबाट सुरु भउको कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख केरवराज पन्डित, नगर स्तरिय नगर स्तरिय स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, टोल विकास संस्थाका तर्फबाट यमलाल खरेल लगाएतले वोल्नु भएको थियो । वडा अध्यक्ष शक्तिराम डाग्ीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिलकुमारी पुनले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्