राम्रो कामका विरुद्ध काँग्रेसले सरकार विरुद्ध मोर्चाबन्दी गर्यो मुख्य –मन्त्री पोखरेल



जनक नेपाली
दाङ ६ भदौ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले राम्रो कामका विरुद्ध काँग्रेसले सरकार विरुद्ध मोर्चाबन्दी गरेको वताउँनु भएको छ । प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउँनु भएको हो । मुख्य मन्त्री पोखरेलले एमाले र माओवादीको पार्टी एकता पछि काँग्रेस आत्तिएर मोर्चाबन्दी सुरु गरेको वताउँनुभयो ।

पत्रकार भेटघाट कार्यक्रम प्रमुख अतिथी समेत रहनु भएका पोखरेलले यातायातमा देखिएको सिन्डीकेट अन्त्य गर्ने, विकास निर्माणमा ढिलाई गर्ने ठेकेदारलाई कारवाही गर्नु बैदेशिक रोजगारमा ठगी गर्ने र संघ संस्थामा नाममा देशमा विखन्डन मच्चाउँनेलाई कारवाही गर्नु गलत भो उहाँले काग्रेसलाई प्रश्न गर्दै भन्नुभयो ।

समाजमा देखिएका समस्या मेलेर समाधान गर्नु भन्दा पनि जनतामा सरकार प्रति बितृष्णा पैदा गरेको भन्दै काँग्रेसले आफुलाई सुधार्नु पर्ने वताउँनुभयो । सरकारले ८ प्रतिशत आर्थिक बृद्धिदर भेट्टाएको वताउँदै करको बिषयमा धेरै समाजमा काँग्रेसले भ्रणपैदा गरेको वताउँनुभयो । सरकारले कर शुल्क भन्दा करको दायरा बढाएको वताउँदै निम्न बर्गले विगतका बर्षमा भन्दा राहात महशुस गरेको औल्याउँनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष जे.एन.सागरको अध्यक्षतामा भएको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्