नहरमा डुवेर एक महिलाको मृत्यु



दाङ १२ भदौ । पानीको नहरमा डुबेर दाङकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ४ मौली निवासी ३५ वर्षिया शान्ता रेउले रहेको प्रहरीले जनाएको छ ।आज मंगलवार विहान माईती घर गएकी उनी दिउसो फर्कने क्रममा स्थानीय नहरमा डुबेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार माईती घर बैवाङ गएकी उनी फर्कने क्रममा कुलोमा डुबेर गम्भीर घाईते भएकी थिईन् । गम्भीर घाईते भएकी उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । स्थानीयले रेउलेलाई नहरमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरी त्यस ठाउ पुगेर उद्धार गरि अस्पताल पु¥याएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्