१२ बर्षमा खालो फर्किन्छ तर काँग्रेसको बुद्धि कहिले फर्केन, १२ बर्षमा पनि विपीको शालिक बनेन



बिष्णुकुमार देवकोटा
दाङ भदौ १५
घोराही उपमहानगरपालिका वडा नं १५ कटरबोट चोक ले २०६३ सालमा आफ्नो अस्तित्व गुमाई नयाँ नाम पायो “विपि चोक” । कारण थियो, महामानव विपी कोइरालाको शालिक स्थापना गर्ने गरी कटर बोट चोको नाम फेरीयो र भयो “विपि चोक” । २०६३ सालबाट आजका मिती सम्म को बर्ष गणणा गर्दा यो समय हुन्छ १२ बर्ष । १२ मा खोलो फर्कन्छ भन्छन् तर काँग्रेसको मति र गति फेरीयन ।

“तत्कालिन रानैतिक परिस्थिती र शालिक निर्माण गर्ने जनशक्ति नपाईकोले विपीको शालिक स्थापना गर्ने काममा अबरुद्ध भयो” नेविसंघका पुर्व जिल्लाअध्यक्ष राजकुमार धिताचलले बताउनुभयो । बाटो चौडा गर्नेकार्य ले गर्दा पनि विपीको शालिक स्थापना गर्ने कामले गति लिन नसकेको धितालले बताउनुभयो । विपी कोईरालाको शालिक स्थापना गर्ने गठित समितिका सदस्य तथा पुर्व क्षेत्र नं ३ का क्षेत्रिय सभापति पुस्कर रेग्मिले १ बर्ष भित्र स्थापना हुने बताउनुभयो । “ विपीको आदर्श सिद्धान्त र मार्गेनिर्देशन लाई आत्मासात नगर्ने नेताहरुका कारण ढिलाई भएको हो ” पुस्कर रेग्मीले भन्नु भयो ।
यसैगरी सालिक नबन्नुमा तत्कालिन समय र परिस्थिती कारक रहेको रामपुरका इकाई सभापति रेवती घिमिरे बताउनुभयो ।
दशक देखी स्थानीय विपी चोकमा मोबाइल पसल संचाल गरीरहनुभएका हाम्रो मोबाइल मार्ट केन्द्रका पदम भण्डारीले विपीको शालिक स्थापना हुने कुनै संभावनानै नरहेको प्रतिकृया दिनुभयो । “जुन जोगी आएपनि कानै चिरेका हन्” भण्डारीले भन्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्