खोलामा बगेर एक दम्पतीको मृत्यु



दाङ,१६ भदौ ।  रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ दुलि दुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पति मध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो ।

 

बगेको भन्दा करिब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमती तुलसाको शव भने आज बिहान सात बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करिब डेढ सय मिटर तल शव फेला पारेको वडा नं. ८ का वडा सदस्य भिमवहादुर बाँठाले जानकारी दिए ।यो संगै बाँफिकोट गाउँपालिकामा मात्र यो वर्ष खोला तर्ने क्रममा तीन जनाको मृत्यु भएको छ  भने एक जना अझै वेपत्ता छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्