अटो दुर्घटना हुँदा ४ जना घाईते



शिवु खनाल, देउखुरी, भदौ २२ । देउखुरीको गढवामा अटो दुर्घटना हुदा चार जना घाईते भएको छन् । गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा देखि गढवा बजार तर्फ जादै गरेको रा १ ह ३०९७ नम्बरको अटो कुकुरलाई बचाउने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

दुर्घटना परि गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी मंगलसिङ कुमाल, सोहि ठाउँ निवासी अटो चालक सेरबहादुर खड्का, पदमबहादुर कुमाल र गढवा गाउँपालिका वडा नम्बर ५ सुनपुरुवा निवासी अशोक चौधरी घाईते हुनु भएको हो ।

घाईतेहरुको हात खुट्टामा चोगेको छ । घाईतेहरुलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागी बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्