कर वृद्धि फिर्ता गर्न सरकार संग माग



दाङ,२६ भदौ । राष्ट्रिय जनमोर्चा तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा संघीयता खारेज गर चर्को कर वृद्धि फिर्ता गर भन्ने मुल नाराकासाथ संघीयता र चर्को कर वृद्धिका विरुद्ध कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्ने बक्ताहरुले राष्ट्रिय जनमोर्चा ले बारम्बार संघीयता देशको लागि ठिक हुदैन भनेर हाको हालिराख्दा पनि जनताले मुद्दाका आधारमा दृस्टिकोण निर्माण गर्न नसक्ने मौकाको फाइदा उठाउदै सासकहरु बहिय चासो सम्मोधन गर्न लाग्दा देशको हालत सधै कमजोर भएको कुरामा बताएका थिए ।

संघीयताकै कारण जनताको ढाड सेक्ने गरि कर वृद्धि भएको छ । त्यसैले संघीयता खारेज गरि राज्यको स्वरुप स्थानीय स्वसासनमा आधारित एकात्मक हुनुपर्ने । प्रदेश सरकारको आबस्यक्ता र औचित्य नै नभएकोले त्यस्लाइ राख्नुको अर्थ नहुने कुरामा बक्ताहरुको जोड थियोे । सभामा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष स्यामलाल पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियोे भने सञ्चालन जिल्ला सह सचिब ऋषिराप पौडेल ले गर्नु भएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्