सोसल साइट्स इमो बाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने गिरोह को पर्दाफास



बिष्णुकुमार देवकोटा
दाङ असोज ४

जिल्ला प्रहरी कार्यालय दाङले सामाजिक संजाललाई हतियार बनाई ठगी गर्ने गीरोहको पर्दाफास गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ ले सामाजिक संजाल इमो प्रयोगगरी २५ लाख लाख रुपैयाँको चिट्ठा पर्यो भन्दै कर बापतको रकम असुली गर्ने गिरोहको पर्दाफास गरेको हो ।

ठगी गर्न बनाइएको चेक

यसरी नक्कली चेक समेत बनाई ठगी कार्यमा संलग्न नवलपरासी सुस्ता गाँउपालिका बस्ने ३१ बर्षीय पुरण बहादुर खवास र सोहि स्थान निबासी खवासका साथी बुढेस बिन लाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको स्पेसल टोलिले पक्राउगरी आज पत्रकासम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

खवास र विन (नकाबमा)

गिरफ्तार गरीएका बिन र खवास बाट ठगीगर्न प्रयोग हुने ओपो कम्पनीको गोल्डेन मोबाइल एक थान, लाभा कम्पनीको मोबाइल एक थान, टाइट कम्पनिको सादा मोबाइल सेट एक थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
एसपी शर्माले तपाईलाई २५ लाख चिट्ठा पर्यो भनि इमो मार्फत शंदेश प्रबाहगर्ने, कन्फरमेसनकालागि बैंकको म्यानेजर बन्ने , २५ लाख प्राप्त गर्नका लागि १ लाख २५ हजार कर बापत रकम जम्मा गर्नुहोस भन्ने गीरोहलाई म्याद थप गरी ठगी मुद्धा चलाउने एसपी शर्माले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्