सैघाली खबर समाचार प्रभाव – सुनार परिवारले पाए राहत (भिडीयो सहित)



दाङ ,९ असोज । घोराही उप–महानगरपालिका २ बालापुरका नारद सुनारको परिवारले राहत पाएका छन् । सुनार परिवारको समाचार सैघाली खबर र सैघाली अनलाईन टिभीवाट प्रकाशन तथा प्रशारण भएपछि विभिन्न दाताहरुवाट सहयोग रकम संकलन भएको हो । संकलित रकमवाट खाद्यान्न र नगद सहयोग लिएर सैघाली मिडिया ग्रुप र अन्य पत्रकारहरुको टोली पिडितको घर मै पुगेर सहयोग हस्तातरण गरेको ।


डेनमार्कवाट पूर्ण वहादुर वस्नेतले उपलब्ध गराउनु भएको नगद पाँच हजारवाट उहाँ कै आग्रहमा चालम, दाल, नुन, तेल, सोयाविन, चिउरा लगायतको खाद्यान्न पिडितलाई दिईएको छ भने मलेशियामा रहनुभएका भिम वहादुर वलीले उपलब्ध गराउनु भएको ५ हजार ५ सय २० रुपैया नगदमा सैघाली मिडिया ग्रुपका अध्यक्ष यादव सैघाली ले रु. १५ सय थप गरि नगद नै पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।कमला श्रेष्ठ डिसीले एक जोडा बैसाखी सहयोग गर्नु भएको छ ।सहयोग सामाग्री र नगद बुझेपछि नारद सुनुवार र उनका परीवार खसुी हुुदै. सहयोग दातालाई उनले धन्यवाद दिएका छन् । 

राहत बुझाउन सैघाली मिडियाका अध्यक्ष यादव सैघाली, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, गोरखापत्रका सम्वाददाता टिका बस्नेत, सैघाली मिडियाका सम्पादक जनक नेपाली, प्रबन्ध निर्देशक रोशनमान श्रेष्ठ, क्यामरापर्सन अंकित डिसी र किशन सैघाली लगायतको सहभागिता रहेको थियो ।यो परिवारमा एक जना क्यान्सरले थलिएकिछिन भने अर्का एक जना खुट्टा नलाग्ने भएपछि हिडडुल गर्न नसक्ने छन् । त्यस्तै अर्का परिवारका सदस्य आँखा नदेख्ने रोगवाट ग्रसीत छन् ।त्यस्तै सोही परिवारका एक वालकको मुटुमा प्वाल परेको र उपचारका क्रममा उनको निधन भएको छ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्