वडा नं.१४ का जन–प्रतिनिधी र कर्मचारीका लागि अभिमुखिकरण



दाङ,९ असोज । घोराही उप–उपमहानगरपालिका वडा नं. १४ का निर्वाचित जन–प्रतिनिधी र कर्मचारीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । योजना,लेखा,राजश्व पंजिकरण तथा कानुन सम्बन्धि पाँच दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

 


वडाका कार्यालयमा आयोजित अभिमुखिकरण कार्यक्रमको समापन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर,सुनारले समाज परिर्वतनका लागि तालिमले महत्वपूर्ण भुमिका खेल्ने वताउँनुभयो ।
विकास भनेको भौतिक निर्माण मात्र नभएको भन्दै मानवीय संगै सामाजिक विकास पनि उत्तिकै आबश्यकता भएको वताउँनुभयो ।

कार्यक्रममा वडा कार्यलयमा कर्मचारी जनप्रतिनिधी टोलहरुको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा वडा नं. १४ मा पनः गठन गरिएका टोल विकास संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । जनचेतना टोल विकास संस्था, कपासी बगियाटोल विकास संस्था लगाय पाँच टोल विकास संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन वडा अध्यक्ष शक्तिराम डाँगीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्