नया मन्त्रिहरु द्वारा सपथ ग्रहण,देउवा नेतृत्व सरकारमा थपिए १९ मन्त्रि

By थाहा अनलाइन

July 26, 2017

सैघाली खबर

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । १९ जना मन्त्रीले बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।

यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।

यसअघि प्रधानमन्त्री देउवासँगै उपप्रधानमन्त्री पदमा विजय गच्छदार, गोपालमान श्रेष्ठ र कृष्ण महरा तथा मन्त्रीहरुमा फरर्मल्ला मनसुर, प्रभु शाह, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्कीले जिम्मेवारी सम्हालिसकेका छन् ।

कसलाई कुन मन्त्रालय ?

गिरिराजमणि पोखरेल – स्वास्थ्य जितेन्द्र देव – संस्कृति तथा पर्यटन गोपाल दहित – भूमिसुधार रामकृष्ण यादव – कृषि विकास मोहन बस्नेत – सूचना तथा सञ्चार महेन्द्र यादव – खानेपानी तथा सरसफाई वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात मीन विश्वकर्मा – वाणिज्य अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण भीमसेनदास प्रधान – रक्षा राजन केसी – युवा तथा खेलकुद यज्ञबहादुर थापा – कानुन सञ्जयकुमार गौतम – सिंचाई टेकबहादुर बस्नेत – सामान्य प्रशासन शिवकुमार मण्डल – आपूर्ति महेन्द्रबहादुर शाही – ऊर्जा आशा कोइराला – महिला तथा बालबालिका वसन्तकुमार थारु – पशुपंक्षी विकास मिथिला चौधरी – वातावरण