खोलामा बस खस्दा एकजनाको मृत्यु, २५ जना घाइते



नवलपरासी कावासोती –­­१४ मा बिहीबार बिहान भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा खसेको हो ।

बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको ज्यान गएको छ । घाइते मध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्