ट्याङ्करले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते



उर्लाबारी : मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोशी राजमार्गमा  तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० की २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल गम्भीर घाइते भएका चालक २६ वर्षीय मनोज कार्कीको उपचार स्थानीय अस्पतालमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृतक हिमा मनोजकी श्रीमती हुन्। ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्