दाङमा यात्रुवस दुर्घटना, १६ जना घाईते



दाङको सतबरियामा यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् ।

नेपालगञ्जबाट घोराही आउदै गरेको ना ७ ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा ८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाईते सबैको लमही अस्पतालमा उपचार भैरहेको सतबरिया प्रहरी चौकिले जनाएको छ । बसका चालक र सहचालक फरार रहेको र दुर्घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्