१२ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो



दाङ ।  शुक्रवार भएको बस दुर्घटना  परि घाईते  १२ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । गम्भीर घाईते भएका रोल्पाको परिवर्तन गाउँपालिका ४ का प्रकाश ओलीसहित १२ गम्भीर घाइतेलाई काठमाडौं लगिएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई लगिएको छ । उनीहरुसँग ४ जना आफन्त, एक चिकित्सक र एक नर्ससमेत गएका छन् । घाइतेहरुलाई विमानस्थल नलगी सोझै सैनिक मञ्च टुडीखेलमा झारेर वीर अस्पतालको ट्रमा सेन्टर लगिने रक्षामन्त्रीका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

उनीहरुको उपचार खर्च सबै सरकारले ब्यहोर्ने प्रक्रिया अघि बढाइएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो । घाइतेलाई हेलिकप्टरबाट लैजान सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललगायतले पहल गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्