आरआरमा नेवि संघले थाल्यो स्ववियू चुनाव प्रचार



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियूको चुनवका लागि पूर्व तयारीको निर्देशन दिएसँगै रत्नराज्यलक्ष्मी क्यम्पसका विद्यार्थीसंगठनहरुले चुनावी प्रचार गर्न थालेका छन् । त्यसमा पनि विशेष गरी नेपाल विद्यार्थी संघले स्ववियू चुनावलाई महत्वका साथ हेरेको विद्यार्थी नेता सरोज (सुदर्शन) खड्काले जानकारी दिएका छन् ।

नेवि संघले विद्यार्थीको हक हितमा काम गर्दै आएको र यस पटकको स्ववियू चुनावमा जसरी पनि यही संगठनले जित्नु पर्ने खड्काको भनाई छ । खड्काले भनेका छन् –‘नेवि संघले विद्यार्र्थीको हक हितको लागि वर्षौ देखि काम गर्दै आएको छ । आरआरमा अन्य संगठनहरुले पहिलैदेखि स्ववियू चुनाव जितिरहेका छन् । तर आरआरमा त्यति धेरै परिवर्तन भएको जस्तो लाग्दैन ।’

त्यस्तै आरआरमा नेविसंघले नै स्ववियू चुनाव जित्ने उनको दावी छ । ‘यो चुनाव हामीले जसरी पनि जित्ने छौं । त्यसको लागि हामी पूर्ण तयारी गरिरहेका छौं’ खड्काको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्