दुबै हात र खुट्टा गुमाएका हरिकाजीको लागि सहयोगी हातहरु बढ्न थाले (भिडियो सहित)



काठमाडौं । खोटाङका हरिकाजी ढुंगानाका लागि रकम जुट्न थालेको छ । सैघाली खबरले उनकोबारेमा सम्पूर्ण कुरा बाहिर ल्याएपछि सैघाली खबरमा सहयोग गर्नेहरुले फोन गर्न थालेका छन् । उनीहरुले सैघाली खबरलाई धन्यवाद दिँदै सहयोग गर्ने बताएका हुन् ।

कतिपयले त कमेन्टमै चर्चित गायक राजेशपायल राई र अन्य गायिकाहरु सत्यकला राई, पार्वती राईको नाम नै तोकेर सहयोग गर्न अपिल गरेका छन् । उनीहरु खोटाङमा जन्मिएका र खोटाङका लागि सेवा गर्ने यो सबै भन्दा ठूलो मौका हो भनेका छन् ।

२०७० सालमा विद्युत करेन्ट लागेर दुबै हात र दाहिने खुट्टा गुमाउन पुगेका ढुङ्गानालाई निम्न व्यक्तिहरुले सहयोग गरेको विवरण हामी सामु आइपुगेको छ ।

विशेष गरी यो अभियानमा साथ दिने लिला घिमिरेलाई सौघाली खबरद्वारा धन्यवाद दिन चाहान्छौं । सहयोगीहरुको नाम यस प्रकार छः
१.कृष्ण बहादुर खत्री (पाख्रीबास–१० धनकुटा) रु.५०००/-
२.नारायण प्रसाद न्यौपाने (खोटाङ हाल भक्तपुर) रु.५०००/-
३.लिल प्रसाद घिमिरे (निर्मलीडाँडा खोटाङ) रु.५०००/-
४.सृजना भट्टराई न्यौपाने (कटुन्जे भक्तपुर) रु.५०००/-
५.सीता आचार्य लुईटेल (निर्मलीडाडा खोटाङ) रु.५०००/-
६.मनमाया निरौला (दमक हाल भक्तपुर) रु.५०००/-
७.पबित्र हलेसीधाम ब.तथा ऋण स.सं.लि.गठ्ठाघर रु.५०००/-
८.श्याम कुमार खड्का (टिकाथली ललितपुर) रु.४०००/-
९.होम प्रसाद दाहाल (दोलखा) रु.१०००/-
१०.भिम बहादुर बि.क. (नारायणघाट,चितवन) रु.१०००/-
११.रत्नकाजी श्रेष्ठ (कटुन्जे भक्तपुर) रु.१०००/-

तपाईहरु सबैलाई धन्यवाद हामी तपाईहरुलाई आइतबार भेट्ने छौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्