समाचार

संघर्ष समितिले निर्वाचित दलित जनप्रतिनिधीहरुको स्वागत सम्मान गर्ने

By थाहा अनलाइन

August 17, 2017

सैघाली खबर दाङ,१भदौ। संयुक्त राजनितिक दलित संघर्ष समितिले स्थानिय निकायमा निर्वाचत दलित जनप्रतिनिधीहरुको स्वागत एवं सम्मान गर्ने भएको छ ।

संयुक्त राजनितिक दलित संघर्ष समितिको विहिवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संयुक्त राजनितिक दलितसंघर्ष समिति दाङका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षमा बसेको बैठकले गत असार १४ गते भएको स्थानिय  निर्वाचनमाउपमहानरपालिका,नगरपालिका र गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष सम्मका पदाधिकारीको स्वागत सम्मान गर्न लागेको संयुक्त राजनितिक दलित संर्घष समिति दाङका सदस्य सचिव जनक नेपालीले जानकारी दिनुभयो । यस्तै वैठकले जिल्ला समन्वय समिति दाङका अध्यक्ष जितेन्द्रमान नेपाली र सदस्य लोका विश्वकर्मालाई स्वागत सम्मान गर्न लागेको जानकारी दिनुभयो ।