वर्ल्डलि‌ंकले १० हजार स्थानमा निशुल्क वाईफाई दिने !



काठमाडौ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलि‌ंक कम्युनिकेशनले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई हटपट उपलब्ध गराउने भएको छ। कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे सरकारको डिजिटल नेपालको लक्ष्यमा सहयोग गर्न निशुल्क वाईफाई उपलब्ध गराउने कामलाई निरन्तरता दिने जनाएको हो।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत देशका करिब सबै विमानस्थल, सम्पदा क्षेत्रलगायत सार्वजनिक स्थानमा निशुल्क वाईफाई हटपट उपलब्ध गराई सकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए।

‘अब एक वर्षमा उक्त संख्या बढाएर १० हजार स्थानमा निःशुल्क हटपट सञ्चालन गर्ने योजना छ’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्