संसारभर जिमेलमा समस्या



काठमाडौँ। संसार भर इमेलमा समस्या देखिएको छ । गुगल आफैले जिमेलमा समस्या देखिएको र चाँडै यस्को समाधान गरिने बताएको छ ।

संसारभरीका जिमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन् । जिमेलका कबिर १ बिलियन भन्दा बढीले प्रयोग गर्दै आएका छन् ।

गुगलको जिसुट स्टेटस ड्यासबोर्डमा मंगलबार राती ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको बताइएको छ । ‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमा भनिएको छ । ‘हामी यसबारे थप जानकारी चाँडै नै दिनेछौं । प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको र मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न मिलिरहेको छैन ।’ जिमेलले आफ्नो वेवसाइटको स्टेटमेन्टमा भनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्