आज देशैभरि मौसम बदली,हावा हुरी सहित पानि पर्ने



काठमान्डौ। आज उपत्यका सहित देशै भरिको मौसम आंशिक बदलि रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यस्तै तराई र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना समेत रहेको महाशाखा ले जनाएको छ।

मुलुकका धेरैजसो ठाउँमा मौसम बदली हुँदा पश्चिम पहाडका केही ठाउँमा (आज) शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना भएको मौसम पुर्वानुमान महाशाखाकाे भनाइ छ।

शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे मौसम पुर्वानुमान महाशाखाले बताएकाे छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्