सिन्धुपाल्चोकः बिहे भोजले झाडापखाला



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बिहे भोजको विषाक्त खानाले बलेफी गाउँपालिका ५ मूलाबारी गाउँमा ४२ जनामा एकैसाथ झाडापखालाको महामारी फैलिएको छ । भोज खाएपछि बिरामी परेका १८ वर्षीया सुशीला भुजेल, २३ वर्षीया संगीता भुजेल र ३४ वर्षीया विमला कार्कीको अवस्था गम्भीर भएपछि राजधानीस्थित शिक्षण अस्पताल लगिएको छ ।

गत बिहीबार बिहे भोज खाएका जन्ती धमाधम बिरामी पर्न थालेपछि गाउँमा आतंक मच्चिएको हो । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीका अनुसार बिहे भोज खाने अधिकांश बिरामी परेका छन् । ‘बिहे भोज खाएको भोलिपल्टै महामारीका रूपमा फैलिएपछि स्वास्थ्य चिकित्सकको टोली खटायौँ, त्यसपछि समस्यामा केही कमी आएको छ,’ अध्यक्ष क्षेत्रीले भने ।

जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बिरामीमा ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए । विषाक्त खानाकै कारण बिरामीको अवस्था कमजोर भएको उनको भनाई छ । जिल्लाबाट बिरामीको उपचारका लागि विशेष टोली गाउँमा पुगेको थियो । टोलीको उपचारबाट २४ जना स्वस्थ भएर घर फर्किसकेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्