कारागारका महिलाको पाठेघर तथा पाठेघरको मुखको क्यान्सर जाँच



झापा । भद्रपुर नगरपालिकाले झापा कारागारमा कैदी जीवन बिताइरहेका महिलाहरूको पाठेघर तथा पाठेघरको मुखको क्यान्सर जाँच शिविर राखेको छ ।

‘आमा सेवा कार्यक्रम, नगर उपप्रमुख’ कार्यक्रम अन्र्तगत स्वास्थ्य जाँचसहितको शिविरमा ४९ जना महिलाहरूले सेवा पाएको नगर उपप्रमुख चन्द्रा श्रेष्ठले जानकारी दिइन् । ओम साइ पाथिभरा अस्पतालका विशेषज्ञसहितको टोलीले स्वास्थ्य जाँच गरेको पनि उनले बताइन् ।

नगरपाालिकाले प्रत्येक वडामा महिलाहरूको पाठेघर तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने निशुल्क रुपमा भिआइए परीक्षण अभियान चलाउदै आएको र यो प्रभावकारी बन्दै गएको पनि श्रेष्ठले बताइन् ।

कारागारमा रहेका महिलाहरूको स्वास्थ्य समस्याबारे जानकारी लिएर उनीहरूलाइ आवश्यक परामर्श तथा औषधिसमेत प्रदान गरिएको श्रेष्ठको भनाइ छ ।

महिलाहरूले पाठेघरको रोगको समस्याको विषयमा खासै नखुल्ने र विशेषज्ञलाई नदेखाउने गरेकाले महिलालाई लक्षित गरेर नगरपालिकाले अभियानको रुपमा ‘आमा सेवा कार्यक्रम, नगर उपप्रमुख’ कार्यक्रम ल्याइएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्