दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने शंकर पोखरेलको उद्घोष



 

सैघाली खबर
दाङ,५ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेलले अब हुने संघको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने उद्घोष गर्नु भएको छ । प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताउनुभयो । दाङकोे राजनिति आफुले गरेको भन्दै घर भएकै निर्वाचन क्षेत्रबाट आफु चुनाव लड्ने वताउनुभयो । शेरबहादुर देउवा कृष्णबहादुर महरा जो चुनावमा आए पनि घर भएकै निर्वाचन क्षेत्रबाट चुनाव लड्छु सुरक्षित स्थान खोज्दै अन्त कतै जान्न उहाँले भन्नुभयो ।

 

नेपाली जनताको सर्मथनले संविधान कार्यान्वयन गति दुई बर्षमै पुरा भएको वताउदै अब अब बिकास र संमृद्धिका लागि अगाडी बढ्नु पर्ने वताउनुभयो । दाङलाई राष्ट्रिय राजनितिको नेत्रित्वमा पु¥र्याउनका लागि साझा सङ्कल्प आबश्यकता रहेको उल्लेख गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पोखरेलले प्रदेश नं. २ मा एमाले पार्टी पहिलो बन्ने दावी समेत गर्नुभयो । प्रदेश नं. २ मा एमालेले ३५ देखि ४० सिट सम्म ल्याउँने दाबी गर्दै अब एमाले देशको पहिलो पाटी बन्ने वताउनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष टिका बस्नेतको अध्यक्षमा भएको कार्यक्रम संचालन ईन्द्र बिबश डिसीले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष संगित बस्यालले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्