तुलसीपुरबाटै एनआइसियुको सेवा



दिपक बोहरा,तुलसीपुर ५ भदौ ।

अब दाङको तुलसीपुरबाटै एनआईसियु सेवा प्रदान गरिने भएको छ । राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरले शिशु सघन उपचार कक्ष ९एनआइसियु० सञ्चालनमा ल्याएको छ ।

अस्पतालले आफ्नो ११ औं बार्षिक उत्सवका अवसरमा बिहिबार देखि एनआइसियु सेवा सुरु गरेको हो । ४० लाखको लागतमा अत्याधुनिक मेसिन तथा औजार खरिद गरेर एनआइसियु सेवा सुरु गरेको अस्पताल प्रशासन प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो ।सेवाको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

प्रालिका अध्यक्ष तारस थापा, सल्लाहकार खगेन्द्र पोख्रेल र बाल रोग बिशेषज्ञ डा।योगराज शर्माले रिवन काटेर एनआइसियु सेवाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रालिका अध्यक्ष तारस थापाले अस्पतालले हरेक बर्ष नयाँ सेवा थप्दै गएको र यो बर्ष एनआइसियु सेवा सुरु गरेको बताउनु भयो । यस्तै सल्लाहकार खगेन्द्र पोख्रेलले प्रा।लि।ले दशैं पछि अर्थो सर्जन सेवा सुरु गर्ने तयारी गरेको बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्